६ बैशाख २०८२, शनिबार
२०८१ चैत्र १४ गते, शुक्रबार १५:१८ मा प्रकाशित
तीनकुनेको स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ ।
राजावादी समर्थकले व्यक्तिको घरमा आगजनी र ढुंगामुढा गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको हो ।
अहिले घरमा लगाएको आगो निभाउन दमकल गएको छ। तर, दमकलमाथि समेत प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन्।