निर्मल निवासले गेटबाटै फर्काइदियो महानगरको जरिवाना पत्र

होमल्याण्ड खबर

२०८१ चैत्र १६ गते, आईतवार ११:३३ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले काटेको जरिवानाको पत्र निर्मल निवासले बुझ्न अस्वीकार गरेको छ । जरिवानाको पत्र लिएर गएको महानगरको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ ।

महानगरले विभिन्न ८ वटा पत्र काटेर महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवानाको पत्र काटेको थियो ।

महानगरले कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर १ लाख, जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, दमकल तोडफोड गरेकोमा १ लाख ३० हजार र नकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड गरेकोमा ६३ हजार जरिवानाको पत्र काटेको छ ।