विराटनगरद्वारा भैरहवालाई ९२ रनको झिनो लक्ष्य

होमल्याण्ड खबर

२०७५ मंसिर २६ गते, बुधबार ११:०३ मा प्रकाशित

विराटनगर वारियर्सका ब्याट्सम्यान चल्न नसकेपछि भैरहवा ग्लाडियटर्सले ९२ रनको झिनो लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ निम्तो पाएको विराटनगरले १८.४ ओभरमा सबै विकेट गुमाउँदै ९१ रनमात्रै बनाउन सक्यो ।

भैरहवाका मोहमद नाभिदको उत्कृष्ट बलिङमा विराटनगरद्वारा छोटो लक्ष्य पाएको छ । विराटनगरले ९१ नबनाउने क्रममा भान डेर मारवेले २५ रन, करण केसीले १८ रन, सुमित महर्जन १५ र हरि चौहानले अविजित १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

विराटनगरका आसिफ शेख र रोविन क्षेत्री शुन्य रनमा आउट हुँदा ओपनिङमा आएका कप्तान पारस खड्का एक रन, अनिल शाह ४ रन र बाबर हायत ६ रन बनाएर पवेलियन फर्किएका थिए ।
त्यस्तै, वसन्त रेग्मी ५ रन,  आएपनि एक रन बनाएर आउट भएका थिए ।

विराटनगरलाई कम रनमा रेक्न भैरहवा ग्लाडियट्र्सका बलरहरुले कसिलो बलिङ गरे । भैरहवाका लागि मोहमद नाभिदले ईपीएलमा उत्कृष्ट बलिङ गर्दै यो सिजनमा डेब्युगरेका छन् । उनले ४ ओभर बलिङ गर्दै १४ रन मात्रै खर्चेर ४ विकेट लिए । कृष्ण कार्की र अभिनास बोहराले समान दुई–दुई विकेट लिए भने रायन टेन डोस्काटे र कप्तान शरद भेषावकरले समान एक–एक विकेट लिए ।