२४ चैत्र २०८१, सोमबार
सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा झापाका चुडामणि चापागाईंलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले उनलाई सीईओ नियुक्त गरेको हो ।
राजस्व सचिव दिनेशकुमार घिमिरेले आज उनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । नवनियुक्त सीईओ चापागाईंले बुधबार कार्यभार सम्हाल्ने कार्यक्रम रहेको नेप्सेले जनाएको छ ।