सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

होमल्याण्ड खबर

२०८१ चैत्र २४ गते, सोमबार १०:५६ मा प्रकाशित

नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो । सोमबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । आइतबार १८०० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार १८३० कायम भएको हो ।