२४ चैत्र २०८१, सोमबार
साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा भारी अङ्कको गिरावट आएको छ । नेप्से परिसूचक आज ३२ दशमलव ४५ अङ्कले घटेर २६७० दशमलव ९४ को विन्दुमा पुगेको छ ।
सोमबार ३२२ कम्पनीका ५५ हजार ७१२ पटकको कारोबारमा १ करोड १ लाख ४ हजार ८६६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँ रहेको छ ।
२३ कम्पनीको सेयर मूल्य बढ्दा २२१ कम्पनीको मूल्य घटेको छ । १३ उपसमूह सबै राताम्मे हुँदा आज हिमालयन रिइन्स्योरेन्सका लगानीकर्ताले भने कमाएका छन् ।