४ देशीय टी–२० खेल्न हङकङ उड्यो राष्ट्रिय क्रिकेट टोली

होमल्याण्ड खबर

२०८१ चैत्र २४ गते, सोमबार १६:१९ मा प्रकाशित

हङकङ–चाइनाको आयोजनामा हुने चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले सोमबार राष्ट्रिय टिमको बिदाइ गरेको हो । नेपालले हङकङमा हुने चार देशीय टी–२०–क्रिकेट प्रतियोगिताका लागि शनिबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको थियो ।

छनोट भएका खेलाडीमा आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहव आलम र रिजन ढकाल छन् ।

बसिरले २ र नन्दनले ३ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । प्रतियोगितामा नेपालले बुधबार कतार, बिहीबार कुवेत र आउँदो शनिबार हङकङसँग खेल्दैछ ।