बार मतगणनना : ३५० मत गणना हुँदा १०० मतले मिश्र अगाडी

होमल्याण्ड खबर

२०८१ चैत्र २४ गते, सोमबार १६:३४ मा प्रकाशित

कानुन व्यवसायीहरूको छता संगठन नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको जारी मतगणना जारी छ ।

जसअनुसार बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले ९६ मतले अग्रता लिएका छन् ।

झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा र विराटनगर केन्द्रको ३५० मत गणना हुँदा मिश्रले २३० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी व्यवसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले १३० मत प्राप्त गरेका छन् ।

 बारको केन्द्रीय कार्यालय काठमाडौँस्थित विभिन्न तीन स्थानमा मतगणना भइरहेको छ ।