कारागारबाट रविको सन्देश- पालो सबैको आउँछ

होमल्याण्ड खबर

२०८१ चैत्र २४ गते, सोमबार १६:५८ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध भएको बताएका छन् । कारागार चलान भएपछि उनले आफू निकट नेताहरूमार्फत् सन्देश पनि पठाएका छन् ।

रविले अदालतको आदेशको सम्मान गर्ने बताउँदै कानुनले दिएको अधिकार प्रयोग गर्ने भनेका छन् । तल्लो अदालतको आदेश विरुद्ध माथिल्लो अदालत जाने प्रक्रिया अवलम्बन गर्ने रविको भनाई छ ।

त्यस्तै, कारागारमा जाँदै गर्दा उनले पालो सबैको आउने पनि बताएका छन् । ‘अहिले ममाथि राजनीतिक प्रतिशोध भयो । पालो सबैको आउँछ,’ लामिछानेले भनेका छन्, ‘यो परीक्षाको पहिलो विद्यार्थी म भएँ । मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ ।’