काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ

होमल्याण्ड खबर

२०८१ चैत्र २५ गते, मंगलवार १२:३५ मा प्रकाशित

गत चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शनका क्रममा आगजनी र तोडफोड गर्ने थप ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही घर भएका ललितपुर टिकाथली बस्ने २२ वर्षका अमित शाह, सुनसरी धरानका १९ वर्षका सुमन कार्की, बर्दियाका ३४ वर्षका हेमराज थारु हुन् ।

यस्तै धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेपलाञ्चोक घर भएका ३० वर्षकी अनिता कुँवर(ऐनी), सन्धुपाल्चोकका ३० बर्षका ३० कुमार तामाङ पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौंको विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौले जानकारी दिएको छ ।

प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको छ ।