९ मंसिर २०८१, आईतवार
एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सले लगातार तेस्रो जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा बुधबार साविकको विजेता विराटनगर वारियर्सलाई ४ विकेटले पराजित गर्दै शरद भेषावकरको भैरहवा लगातार तेस्रो जित निकालेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १८ ओभर ४ बलमा अलआउट हुँदै ९१ रन बनाएको थियो ।
विराटनगरका लागि भान डेर मेर्वीले २५ रन, करण केसीले १८ रन, सुमित महर्जनले १५ रन तथा हरि बहादुर चौहानले अविजित १३ रन बनाए ।
भैरहवाका लागि मोहमद नाभिदले ४ विकेट लिए । यस्तै कृष्ण कार्की र अविनाश बोहोराले २ २ विकेट लिए ।
जवाफमा भैरहवा १९ ओभर चार बलमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।
भैरहवाका लागि रायन टेन डोसकाटेले २० रन बनाए । यस्तै कप्तान शरद भेषावकरले १६ रन जोड्दा रबी इन्दर सिंहले १२ रन बनाए । प्रदीप ऐरी १० रनमा आउट हुँदा रोहित पौडेल ७ रनमा अविजित रहे ।
विराटनगरका भान डेर मिर्वीले २ विकेट लिए ।
जितसँगै भैरहवाले ३ खेलबाट ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
दुई खेलमा ४ अंक जोडेको विराटनगर तेस्रो स्थानमा छ ।
भैरहवा ग्लाडीयटर्स प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ ।