५ बैशाख २०८२, शुक्रबार
साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा साढे आठ अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ८ दशमलव ६० अङ्कले घटेर २६६७ दशमलव ६८ को विन्दुमा पुगेको छ ।
बिहीबार ३२१ कम्पनीको ४९ हजार ६३२ पटकको कारोबारमा एक करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार २५० रुपैयाँ रहेको छ ।
११३ कम्पनीको सेयर मूल्य बढ्दा १३१ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ३ वटा बढ्दा बाँकी राताम्मे छन् । राधी विद्युत् कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।