रविलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट

होमल्याण्ड खबर

२०८१ चैत्र २८ गते, शुक्रबार १५:३९ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।

शुक्रबार सर्वोच्चमा रिट निवेदन दर्ता भएको हाे ।

गत चैत २२ गते न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको थियो ।

सोही आदेशबमोजिम लामिछाने चैत २२ गते पक्राउ परी पुर्पक्षका निम्ति थुनामा छन् ।