वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु अवधि थपियाे

होमल्याण्ड खबर

२०८१ चैत्र ३० गते, आईतवार १३:४६ मा प्रकाशित

पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु अवधि थपिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्फ्युको समय थप गरेका हुन् ।

प्रशासनले सुरुमा शनिबार साँझ साढे ६ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको थियो । पछि साँझ साढे ७ बजेदेखि कर्फ्यु लागु हुने जनाइएको छ ।

शनिबार दिउँसो दुई समुदायबीच झडप, तोडफोड र आगजनीपछि प्रशासनले साँझदेखि आज (आइतबार) मध्याह्न १२ बजेसम्मका निम्ति वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको थियो ।