प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

होमल्याण्ड खबर

२०८२ बैशाख २ गते, मंगलवार १४:१८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच आज करिब एक घण्टा लामो भेटवार्ता भएको छ ।

दुवै नेताबीच सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ । दुई नेताबीच एक ढिक्का भएर अघि बढ्ने समझदारी भएको छ । पछिल्लो समय विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबी गरेपछि राष्ट्रिय राजनीति तरंगित बनेको छ । कांग्रेसमा पनि सरकारप्रति तिब्र असन्तुष्टि बढिरहेका बेला देउवाले प्रधानमन्त्री ओलीलाई भेट गरेर आफुहरु सरकार परिवर्तनको खेलमा नरहेको विश्वास दिलाएको स्रोतको दाबि छ ।

यस अघि प्रचण्डले पटक पटक भेट गर्न गरेको आग्रहलाई कांग्रेस सभापति देउवाले अस्वीकार गर्दै आएको बताइएको छ ।