राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन

होमल्याण्ड खबर

२०८२ बैशाख ३ गते, बुधबार १३:४९ मा प्रकाशित

संघीय संसद्को दुवै सदनको बैठक आह्वान भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।

हिजो (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।