सामान्य अंकले बढ्यो नेप्से

होमल्याण्ड खबर

२०८२ बैशाख ३ गते, बुधबार १५:५५ मा प्रकाशित

सेयर बजार एकल अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार  २७.१४ अंकले बढेको नेप्से परिसूचक आज ७.०१ अंकले बढेर २६९८.९७ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्ड‍ेक्स १.३० प्रतिशत बढ्यो।

नेप्से एकल अंकले बढ्दा कारोबार रकम मंगलबारको तुलनामा भने घटेको छ। आज ३२९ स्क्रिप्सको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर ७ अर्ब २६ करोड ५१ लाख २२ लाख  २४१ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ८ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको थियो।
नेप्से सामान्य अंकले बढेपनि चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कर्पोरेट डेभलपमेन्ट बैंक,बलेफी हाइड्रोपावर, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो फाइनान्सको सेयर १० प्रतिशतले बढेको हो। राधी विद्युत कम्पनीको सेयर ९.९७ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा नगदी ग्रुप शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५९ करोड ४१ लाख मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी राधी विद्युतको ५० करोड बढीको सेयर कारोबार हुँदा बलेफी हाइड्रोपावरको ४२ करोड,एनआरएनको ४० करोड र हिमालयन पावरको ३१ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १४७ स्टक्सको मूल्य बढ्दा ९७ वटाको  घट्यो। दुई स्टक्सको मूल्य भने स्थिर रह्यो। सातवटा समूहको उपसूचक बढ्दा अन्यको घट्यो। यसदिन बैंकिङ,डेभलपमेन्ट,हाइड्रोपावर,लाइफ इन्स्योरेन्स,म्युचुअल फण्ड र नन लाइफ इन्स्योरेन्स समूहको उपसूचक सकारात्मक देखिएका हुन्।