मधेसका पूर्पप्रमुख राजेश अहिराजबिरुद्ध पक्राउ पुर्जी

होमल्याण्ड खबर

२०८२ बैशाख ३ गते, बुधबार १६:१६ मा प्रकाशित

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बिरुद्ध यौन दुर्व्यवहारमा पक्राउ पुर्जी जारी भएको छ। झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए।

फौजदारी कसुरमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको हो।

सर्वोच्च अदालत स्रोतका अनुसार चैत २५ मा उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएको हो।

उनीविरुद्ध फौजदारी कसुरमा जाहेरी परेको अदालतले  जानकारी दिए पनि यौन दुर्व्यवहारको विषय रहेको बुझिएको छ। उनीमाथि एक किशोरीलाई यौन दुर्व्यवहारको अभियोगमा पक्राउ पुर्जी जारी भएको स्रोतले जानकारी दिएको छ।

यद्यपि अहिराजलाई प्रहरीले सम्पर्क गर्न  सकेको छैन।