प्रभु बैंकका सीईओ शेरचनका पक्षमा सर्वोच्चको अन्तरिम आदेश

होमल्याण्ड खबर

२०८२ बैशाख ३ गते, बुधबार १६:३८ मा प्रकाशित

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनका पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

उच्च अदालत पाटनले थप कार्यकालका लागि सीईओ बन्न नपाउने गरी दिएको आदेशको विरुद्धमा शेरचन सर्वोच्च पुगेका थिए । त्यस रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएसँगै उनले प्रभु बैंकको सीईओमा निरन्तरता पाएका छन् । उच्च अदालतको आदेशअनुसार वैशाख ९ गतेबाट स्वतः अवकाश पाउने अवस्थामा रहेका शेरचन सर्वोच्चले अन्तरिम आदेश दिएसँगै प्रभुको सीईओमा निरन्तर रहने बाटो खुला भएको छ  ।

उनलाई प्रभु बैंक सञ्चालक समितिले २०७९ माघ १२ मा चार वर्षका लागि सीईओमा नियुक्त गरेको थियो ।