आज सुनको मूल्य घट्यो,चाँदी स्थिर

होमल्याण्ड खबर

२०८२ बैशाख ५ गते, शुक्रबार ११:१० मा प्रकाशित

स्थानीय बजारमा आज सुनको मूल्य आज ८ सय रुपैयाँले घटेको छ। बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज ८ सय रुपैयाँले घटेको हो।

बिहीबार एक तोला सुनको मूल्य १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको थियो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ।

यसैगरी सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर छ। आज प्रतितोला चाँदीको मूल्य १९ सय ६० रुपैयाँ कायम भएको छ।