७ बैशाख २०८२, आईतवार
तीनकुने घटनामा पक्राउ परेर हिरासतमा रहेका राप्रपाका महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौंले उनलाई हाजिर जमानीमा छाड्न लागेको हो ।
धवललाई उपचारका लागि छाड्न लागिएकाे र उपचार लगत्तै उनी पुनः कानुनी प्रक्रियामा ल्याइने गृह मन्त्राल स्रोतले जानकारी दिएकाे छ ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी समू्हकाे प्रदर्शन हिंसात्मक भएपछि राणालाई सोही दिन पक्राउ गरिएकाे थियाे ।