७ बैशाख २०८२, आईतवार
प्रहरीले कडाइ गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतकसहितका नेताहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालमै अड्किएका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू बानेश्वरमा रहेका बेला शाहीहरू संसदीय दलको कार्यालयमै रोकिएका हुन्।
शाहीसहितलाई डीएसपीको कमान्डमा प्रहरी खटाएर संसदीय दलको कार्यालयमै रोकिएको हो । अर्का सांसद दीपक सिंह र बिना लामासहित पनि सिंहदरबारमै रोकिएका छन् ।