आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न जनमतको माग

होमल्याण्ड खबर

२०८२ बैशाख ७ गते, आईतवार १७:०२ मा प्रकाशित

जनमत पार्टीले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

जनमत पार्टीका प्रवक्ता डा।शरद सिंह यादवले आइतबार एक विज्ञप्ति जारी गरी आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता गरी न्यायोचित मागहरू सम्बोधन गर्दै शिक्षा ऐन समेत जारी गर्न नेपाल सरकारसँग माग गरेका हुन् ।

विगत १८ दिनदेखि नेपाल शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएको छ । सरकारले शिक्षा नीति ऐन, कानुन र शिक्षा क्षेत्रमा देखा परेका विकृति र अन्यौलता अन्त्य गर्नुपर्ने आवश्यक देखिएको जनमत पार्टीले जनाएको छ ।

शिक्षकहरूको आन्दोलनले गर्दा काठमाडौँको बानेश्वर क्षेत्र अस्तव्यस्त बनेको छ । यस क्षेत्रमा सवारीसाधन जाममा परेका छन् ।