आन्दोलन नरोक्ने अडानमा शिक्षक, सात बुँदे प्रस्ताव तयार

होमल्याण्ड खबर

२०८२ बैशाख ८ गते, सोमबार १०:२६ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूले अघि सारेका मागहरूमध्ये केही माग सम्बोधनका लागि मन्त्रिपरिषद्मा लैजाने भएको छ ।

अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गर्नेगरी शिक्षा मन्त्रालयले सात बुँदे प्रस्ताव तयार गरेको हो । जुन प्रस्तावहरूमा आन्दोलनरत शिक्षकहरूको तर्फबाट समेत सहमति जनाइएको छ । सोही आधारमा शिक्षा मन्त्रालयले अब बस्ने (सम्भवतः भोलि) मन्त्रिपरिषद् बैठकमा पेस गर्न लागेको हो ।

शिक्षामन्त्री विद्या भट्टराईको सचिवालयका एक सदस्यका अनुसार सातबुँदे प्रस्ताव तयार भएको र अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गरिने बताए ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षक विद्यालय कर्मचारी १९ दिनदेखि काठमाडौंका सडकमा छन् । उनीहरूले गत वर्षको असोजमा सरकारले गरेको ११ बुँदे सहमति कार्यान्वयन गर्दै विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै काठमाडौँमा शैक्षिक सडक आन्दोलन गर्दै आएका हुन् ।

शिक्षकहरूको मागअनुसार शिक्षा मन्त्रालय र मन्त्रिपरिषद्बाट गर्न सकिने विषयहरू समावेश गरेर मन्त्रिपरिषद्मा पेस हुन लागेको हो ।