सुनको मूल्य तोलामा २ लाख नजिक, कति बढ्याे आज ?

होमल्याण्ड खबर

२०८२ बैशाख ९ गते, मंगलवार १०:५९ मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन ६ हजार ९०० रुपैयाँ बढेर २ लाख रुपैयाँ नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो ।