२६ फाल्गुन २०८२, मंगलवार
सभामुख देवराज घिमिरेले संसद्को बजेट अधिवेशन नजिकिँदै गर्दा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।
सिंहदरबारमा आज बिहान ११ बजे हुने छलफलमा बजेट अधिवेशनको तयारी, कार्यतालिकालगायत विषयमा केन्द्रित रहने सभामुखको सचिवालयले जनाएको छ । बजेट अधिवेशन यही वैशाख १२ गतेबाट सुरु हुँदै छ ।


विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु २२ दिनदेखि निरन्तर सडक आन्दोलन गरिरहेका छन् । तत्काल ऐन जारी नगरे उनीहरु सडक छाड्ने पक्षमा छैनन् । यही अवस्थामा बजेट अधिवेशन गर्ने की ऐन जारी गर्ने भन्ने विषयमा पनि मतभेद देखिन्छ । शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि शिक्षकहरु थप उत्साहित देखिन्छन् र आन्दोलन चर्काउँदै लगेका छन् ।