१२ बैशाख २०८२, शुक्रबार
नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षक दीपक थापाको बुधबारको निर्णयानुसार प्रहरी प्रधान कार्यालयले आज सरुवा भएका डिएसपीको सूची सार्वजनिक गरेको हो ।
वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरुवा हुनेहरुमा मनमोल खड्का, अनिलकुमार खड्का, अञ्जना श्रेष्ठ, कमलराज पण्डित, कैलाश राई, गणेश सापकोटा लगायत रहेका छन् ।
सूची हेर्नुहोस्ः