वर्षमान पुनले गगन थापालाई दिए धन्यवाद

होमल्याण्ड खबर

२०८२ बैशाख १२ गते, शुक्रबार १५:५७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका सांसद वर्षमान पुनले सत्तारुढ दलका नेपाली काग्रेसका महामन्त्री गगनकुमार थापालाई धन्यवाद दिएका छन्।

पुनले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलिया पुगेको भन्ने थापाको अभिव्यक्तिलाई लिएर धन्यवाद दिएका हुन्। उनले सरकारले स्वार्थ समूह केन्द्रित काम र प्रतिपक्षसँग प्रतिशोध साँध्नेबाहेक केही काम नगरेको आरोप लगाए ।

‘हामीले भन्दै आएको कुरालाई प्रतिपक्षले लगाएको आरोप भन्दै आइरहेका थिए । तर, सरकारको एकपछि अर्को व्यवहारले विचौलियाले बनाइदिएको भन्ने पुष्टि हुँदैछ । यो सरकार बनेदेखि स्वार्थ समूहको काम र प्रतिपक्षसँग प्रतिशोध साँध्नेबाहेक केही काम गरेको छैन । आज हामीले मात्रै होइन, सत्तारुढ दलका शक्तिशाली महामन्त्री र सरकार सञ्चालन संयन्त्रका सदस्यसमेत रहेका सदस्यले विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ भन्नुभयो, ढिलै भएपनि सत्य बोल्नुभएको धन्यवाद छ,’ पुनले भने ।