गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीश मल्ल र पाण्डेको इजलासमा

होमल्याण्ड खबर

२०८२ बैशाख १६ गते, मंगलवार १२:३८ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्धको अवहेलना मुद्दा कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।

उक्त इजलासमा आज १४ वटा मुद्दाको सुनुवाइका लागि पेसी तोकिएकोमा थापाको अवहेलना मुद्दा सूचीको पहिलो नम्बरमा रहेको छ ।

आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले थापाविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए ।

निवेदनमा सर्वोच्च प्रशासनले आज (मंगलबार)को पेसी दिएको थियो ।