घट्यो सुनचाँदीको मूल्य

होमल्याण्ड खबर

२०८२ बैशाख १७ गते, बुधबार ११:०४ मा प्रकाशित

साताको चौथो कारोबार दिन (बुधबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सोमबारको तुलनामा मंगलबार सामान्य बढेको सुनको मूल्य बुधबार पुनः घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार प्रतितोला ७ सय रुपैयाँले सुनको मूल्य घटेको छ । मूल्य घटेसँगै बुधबार सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसैगरी मंगलबार स्थिर रहेको चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ । महासंघले जनाएअनुसार मंगलबारको तुलनामा आज प्रतितोला ५ रुपैयाँले चाँदीको मूल्य घटेको छ । मूल्य घटेसँगै बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश ३ हजार ३०८ डलरमा किनबेच भइरहेको छ ।