२६ फाल्गुन २०८२, मंगलवार
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकताका लागि आयोजना गरिएको कार्यक्रमस्थलबाट रेशमलाल चौधरी पक्राउ परेका छन् । प्रज्ञा भवन परिसरमा एकता घोषणा कार्यक्रम भइरहेकोमा सादा पोषाकमा आएका प्रहरीले चौधरीलाई पक्राउ गरेका थिए ।
अहिले उनलाई प्रहरी परिसर काठमाडौं भद्रकालीमा राखिएको बताइएको छ । एसएसपी विश्वराज अधिकारीका अनुसार टीकापुर घटनाको सन्दर्भमा सर्वोच्च अदालतबाट भएको आदेश कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको छ ।

