कोशी प्रदेश लगानी सम्मेलन सुरू

होमल्याण्ड खबर

२०८२ बैशाख १८ गते, बिहीबार १२:५२ मा प्रकाशित

कोशी प्रदेशको लगानी सम्मेलन सुरू भएको छ । विराटनगर स्थित विरेन्द्रसभा गृहमा कोशी प्रदेश लगानी सम्मेलन २०८२ सुरू भएको हो ।

लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । लगानी सम्मेलनमा सहभागी हुन रक्षा मन्त्री मानविर राई, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललगायत मञ्चमा उपस्थित भइसकेका छन् ।