२० बैशाख २०८२, शनिबार
नेपाल विद्युत प्राधिकरणले स्वेतपत्र सार्वजनिक गरेको छ। शुक्रबार प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले वर्तमान अवस्था र चुनौती विश्लेषण गरी तयार पारिएको स्वेतपत्र सार्वजनिक गरेका हुन्।
उनका अनुसार विद्युत उपभोग गर्ने ग्राहकको संख्या ५५ लाख ६६ हजार पुगेको छ। यो २०८१ माघसम्मको हो। यसैगरी विद्युत उत्पादन जडित क्षमता ३ हजार ५ सय ११ मेघावाट पुगेको छ। जसमध्ये प्राधिकरणको आफ्नो क्षमता ६६१.५७ मेघावाट रहेको छ।