२० बैशाख २०८२, शनिबार
आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा सरकारले उद्यमशीलतामार्फत आन्तरिक रोजगारी सृजना गरी आयआर्जनका अवसर वृद्धि गर्ने घोषणा गरेको छ।
सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरिएको हो।
सबै उद्यममा व्यवसायिक योजना (बिजनेस प्लान) र त्यसको इकोसिस्टमलाई मिश्रित गर्दै जेन-जी पुस्तालाई विशेष प्राथमिकतामा राखेर युवा पुस्तामा स्टार्टअप कार्यक्रम लागु गरिने उल्लेख छ।
यो नीतिले युवाहरूलाई उद्यमशीलतातर्फ आकर्षित गरी आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।