२० बैशाख २०८२, शनिबार
सरकारले शिक्षक दरबन्दी पुनरावलोकन गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शिक्षक दरबन्दी पुनरावलोकन गरिने बताएका हुन्।
त्यस्तै उनले शिक्षक बैंक स्थापना पनि हुने बताए। विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंक स्थापना गरिने उनको भनाइ छ।
उच्च शिक्षालाई अनुसन्धानमा आधारित बनाइने। शैक्षिक गुणस्तर मानक बनाएर स्थानीय तहसम्मै लागू गरिने। विश्वविद्यालय अनुदान विद्यार्थीका आधारमा वितरण गरिने छ,’ उनले भने।