प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

होमल्याण्ड खबर

२०८२ बैशाख २१ गते, आईतवार ११:३४ मा प्रकाशित

यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ आजदेखि सुरु भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा सञ्चालन हुने प्रतियोगिताको बलाधिकृत रथी निर्मलकुमार थापाले निर्णायकलाई बल हस्तान्तरण गरी शुभारम्भ गरेका छन् ।

सैनिक तालिम महानिर्देशनालयद्वारा सञ्चालित प्रतियोगितामा १५ महिलासहित एक सय ९६  खेलाडीले विभिन्न १४ समूहमा प्रतिस्पर्धा गर्ने छन् । यही वैशाख २८ गतेसम्म चल्ने तेस्रो संस्करणको उक्त प्रतियोगितामा विभिन्न नौवटा क्लबका खेलाडीको सहभागिता छ ।