२३ बैशाख २०८२, मंगलवार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र (ज्ञानबहादुर) शाहीले सरकारले ‘राज्य आंतक’ मच्चाएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तीनकुनेमा भएको घटनामा मानवअधिकारको चरम उल्लंघन भएको बताए ।
राप्रपाका प्रमुख सचेतक शाहीले तीनकुने घटना छानबिनका लागि न्यायिक समिति बनाउन संसदमा ध्यानाकर्षण गराए ।