रेशम पक्राउबारे वैशाख २५ गते गृहमन्त्रीले जवाफ दिने

होमल्याण्ड खबर

२०८२ बैशाख २३ गते, मंगलवार १३:४८ मा प्रकाशित

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको गिरफ्तारीबारे गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते संसदमा जवाफ दिने भएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले सो जानकारी गराएका हुन् ।

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदसहित प्रतिपक्षी अन्य दलका सांसदले पनि रेशमको चौधरीको गिरफ्तारीबारे सरकारले जवाफ दिनुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले बैठकमा उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सदनमा जवाफ दिन सरकारलाई रूलिङ गरे ।

यद्यपी, जनमत पार्टी र नाउपाका सांसदले मिति तोक्न माग गर्दै उठेर विरोधलाई निरन्तरता दिए । त्यसपछि सभामुख घिमिरेले गृहमन्त्री लेखकले वैशाख २५ गते जवाफ दिने जानकारी गराएको व्यहोरा सुनाए ।

सो व्यहोरापछि जनमत र नाउपाका सांसदहरूले अवरोध स्थगित गरे ।