सुनको मुल्य आज पनि बढ्यो

होमल्याण्ड खबर

२०८२ बैशाख २५ गते, बिहीबार १०:५७ मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ सयले बढेको छ ।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ९२  हजार २ सय कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्यमा भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।