प्रधानमन्त्रीसहित सत्तारुढ दुई दलका शीर्ष नेताहरु छलफलमा

होमल्याण्ड खबर

२०८२ बैशाख २६ गते, शुक्रबार ११:१८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारुढा दुई दलका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा समसामयिक राजनीतिक सवालबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटवार्तामा प्रधानमन्त्रीसहित उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अग्नि खरेल सहभागी थिए ।

ओलीले क्याबिनेट बैठक अघि उनीहरुसँग छलफल गरेका हुन् । अहिले मन्त्रिपरिषदको बैठक जारी छ ।