प्रतिपक्षमा गएर भोट हाल्न नसक्नेले नीति तथा कार्यक्रमको विरोध नगरौँ : गोकुल बास्कोटा

होमल्याण्ड खबर

२०८२ बैशाख २६ गते, शुक्रबार १४:४६ मा प्रकाशित

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सत्तापक्षका सांसदहरूले सरकारको नीति तथा कार्यक्रमको विरोध गर्नु अनुचित रहेको बताएका छन् । शुक्रवार प्रतिनिधि सभामा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

‘यहाँ असन्तुष्टि सत्तापक्षकै सांसदले समेत राख्नुभएको छ,’बास्कोटाले भने, ‘यो दोग्ला–दोग्ला खालको समर्थन नगरौँ।’ सत्तापक्षका सांसदहरूले प्रतिपक्षमा गएर मत हाल्न नसक्ने भएकाले विरोध गर्नुको औचित्य नरहेको उनले तर्क गरे।

उनले भने, ‘पर्सी विपक्षमा भोट हाल्न सक्नुहुन्न भने अहिले विरोध किनरु यो हिसाबले नीति तथा कार्यक्रम राम्रो छ ।’

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते सङ्घीय संसद्को संयुक्त बैठकमार्फत आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त नीति तथा कार्यक्रममाथि संसद्को दुवै सदनमा छलफल जारी छ।

प्रतिनिधि सभामा यही वैशाख २८ गते नीति तथा कार्यक्रम निर्माणार्थ पेस गरिने कार्यसूची रहेको छ। एमालेले आफ्ना सांसदहरूलाई सो दिन अनिवार्य उपस्थिति जनाउन र पक्षमा मतदान गर्न ह्विप समेत जारी गरिसकेको छ।