सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

होमल्याण्ड खबर

२०८२ बैशाख २८ गते, आईतवार १०:५८ मा प्रकाशित

 नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आज बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।