स्वर्गीय सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण

होमल्याण्ड खबर

२०८२ बैशाख ३० गते, मंगलवार ११:२२ मा प्रकाशित

वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ ।

आज बिहान ललितपुर महानगरपालिका प्राङ्गणमा जोशीको अर्धकदको शालिक अनावरण गरिएको हो । महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १०६औं जन्मजयन्तीको अवसरमा महानगरका मेयर चिरिबाबु महर्जनले अनावरण गरेका हुन् ।

२०७९ असोज ३० गते शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा निधन भएको थियो । उहाँको ‘इच्छा अनुसार’ तथा ‘परिवारका सदस्यहरूको अनुमतिमा’ जोशीको शरीरलाई किस्ट मेडिकल कलेजलाई दान गरिएको थियो ।

कार्यक्रममा बोल्दै मेयर महर्जनले महानगरबाट गर्न मिल्ने र सक्ने कार्यक्रमअन्तर्गत शालिक निर्माण गरिएको बताए। झनाख्य पार्कमा अब कुनै पनि शालिक नबनाउने उनले बताए। उनले जोशी देशकै गहना भएको पनि बताए।

मेयर महर्जनले स्व। जोशीले भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा ठूलो योगदान पुर्‍याउनुभएको उल्लेख समेत गरे ।