बुद्ध एयरको आन्तरिक टेलिफोन सेवा अवरुद्ध, उडान सम्बन्धी जानकारी कल सेन्टरमार्फत लिन अनुरोध

होमल्याण्ड खबर

२०८२ जेष्ठ १ गते, बुधबार ११:२६ मा प्रकाशित

बुद्ध एयरको काठमाडौँस्थित आन्तरिक विमानस्थल कार्यालयको टेलिफोन सेवा अवरुद्ध भएको छ । कम्पनीका अनुसार दूरसञ्चार प्रणालीमा आएको समस्या कारण कार्यालयका फोन लाइनहरू बन्द भएका छन् भने उडानसम्बन्धी जानकारी दिन कठिनाइ भइरहेको छ ।

एक सूचना जारी गर्दै बुद्ध एयरले यात्रु तथा सेवाग्राहीलाई उडानसम्बन्धी जानकारीका लागि कम्पनीको कल सेन्टर ०१–५९७०९०० मा सम्पर्क गर्न वा मोबाइल एप प्रयोग गर्न अनुरोध गरेको छ ।

बुधबार बिहानदेखि नै सेवा अवरुद्ध भएको कम्पनी स्रोतले जानकारी दियो । समस्या समाधानको प्रयास भइरहेको र सामान्य अवस्थामा फर्किन केही समय लाग्ने कम्पनीले जनाएको छ ।