६ जेष्ठ २०८२, सोमबार
मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको अभियान सुदूरपश्चिम सकिएपछि कर्णाली प्रदेशमा प्रवेश गरेको छ। अध्यक्ष प्रचण्ड नेतृत्वको अभियान टोली आइतबार राकम पुल हुँदै सुर्खेतबाट कर्णाली प्रदेशमा प्रवेश गरेको हो ।
यसअघि बैतडीको पाटनमा उद्घाटन कार्यक्रममा कम्युनिस्ट पार्टीको झन्डा र नेपालको राष्ट्रिय झन्डा फहराइएको थियो।
उक्त झन्डा सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेल नेतृत्वको टिमले कर्णाली इन्चार्ज कालीबहादुर मल्ल नेतृत्वमा रहेको टिमलाई हस्तान्तरण गरेको छ ।