दुर्गा प्रसाईंसहितलाई थप चार दिन थुनामा राख्न अनुमति

होमल्याण्ड खबर

२०८२ जेष्ठ ५ गते, आईतवार १५:५५ मा प्रकाशित

दुर्गा प्रसाईंसहितलाई थप ४ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ।

न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंमाथि अनुसन्धानका लागि थप ४ दिन हिरासत राख्न अनुमति दिएको हो।

यससँगै यो मुद्दाको सुरु भएको ५६ दिन पुग्छ। यो म्यादभित्र प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाउने तयकेही दिनमा सरकारी वकिलको कार्यालयले त्यसपछि बढीमा चार दिनमा तीनकुने घटनामा संलग्न रहेको आरोपमा १०० बढीलाई प्रतिवादी बनाउँदै अभियोग पत्र दायर गर्दैछ।