नेप्सेमा २.७९ अंकको गिरावट, साढे ८ अर्बको कारोबार

होमल्याण्ड खबर

२०८२ जेष्ठ ५ गते, आईतवार १६:०३ मा प्रकाशित

आज साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा कारोबार भएका १ सय कम्पनीको सेयर मूल्य बढ्दा १४५ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन ३०९ कम्पनीको १ करोड ६९ लाख ७ हजार ७३७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५० करोड माथिको सेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ७० करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि एनआरएनको ५१ करोड ३६ लाख रुपैयाँ र राधि विद्युतको ४८ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

ओम मेगाश्रीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । दोस्रोमा छ्याङदी हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ९.७८ प्रतिशतका दरले गुमाएका छन् ।