मन्त्रिपरिषद् बैठक बस्दै, हाेला त गभर्नर नियुक्त ?

होमल्याण्ड खबर

२०८२ जेष्ठ ६ गते, सोमबार ११:०९ मा प्रकाशित

मन्त्रिपरिषद्को बैठक सोमबार बस्दै छ । आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज साँझ ६ बजे बस्ने बैठकमा गभर्नर नियुक्त हुन सक्ने जनाइएको छ ।

सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे समितिमा रहेका छन् ।

समितिको बैठक आजै बसेर गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने जनाइएको छ ।

समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्ने जनाइएको छ ।