६ जेष्ठ २०८२, सोमबार
आइतबार घटेको सुनको मूल्य आज बढेको छ। सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एकलाख ८४ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ।
हिजो (आइतबार) सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर एक लाख ८४ हजार दुईसय रुपैयाँमा किनबेच भएको थियो। गएको शुक्रबार तोलामा तीन हजार रुपैयाँले बढेको सुनको मूल्य हिजो घटेको थियो।
गएको शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार आठसय रुपैयाँ थियो। गएको बिहीबार सुन तोलामा तीन हजार पाँचसय रुपैयाँ घटेको थियो।
यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्य निरन्तर घट्दै आएको छ।
आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँमै किनबेच भइरहेको समितिले जनाएको छ। हिजो पनि चाँदी यही मूल्यमा किनबेच भएको थियो।