ओली-देउवा भेटलगत्तै मन्त्रिपरिषद् बैठक बस्दै

होमल्याण्ड खबर

२०८२ जेष्ठ ७ गते, मंगलवार १४:१९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ६ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटार भेटलगत्तै प्रधानमन्त्रीले क्याविनेट डाकेका हुन् ।

हिजो साँझ तय गरिएको मन्त्रिपरिषद्को नियमित बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

लामो समयदेखि गभर्नर नियुक्तिको विषय पेचिलो बनिरहेको छ । आजको क्याविनेटबाट राष्ट्र बैंकले नयाँ गभर्नर पाउने चर्चा छ । तर, सिफारिस समितिले भने निर्णय गरिसकेको छैन ।